पोखरामा फेरि २८ जनालाई कोरोना पुष्टि, गण्डकीमा ४१ संक्रमित थपिए

पोखरामा फेरि २८ जनालाई कोरोना पुष्टि, गण्डकीमा ४१ संक्रमित थपिए

Pokhara pension camp

तस्वीरः सुदर्शन रञ्जित

पोखरामा २८ सहित गण्डकी प्रदेशमा ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो र  पाचौ विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जिल्लाका ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका २८, पर्वतका ३, स्याङ्जाका १, बाग्लुङका १ र  नवलपुरका ८ जना गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७३०  पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ