गण्डकीमा कोभिड अपडेटः पोखराका ७५, मादीका १ सहित १२७ थपिए, पोखरामा १ को मृत्यु

गण्डकीमा कोभिड अपडेटः पोखराका ७५, मादीका १ सहित १२७ थपिए, पोखरामा १ को मृत्यु

Gandaki covid corona 4

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७६ पुगेको छ । पोखरा महानगरपालिकाका ७५ र मादी गाउँपालिकाका १ सहितकास्कीमा ७६ जना थप भएका छन् । गण्डकीमाआज मात्रै १२७ जना थप भए । पोखरामा थप १ जनाको मृत्यु भएको छ । प्रदेशभर मृतक संख्या ५५ पुगेको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा २२ का ४४ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान ११ ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया तथा श्वासप्रश्वासबाट समेत ग्रसित थिए ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।

गण्डकी प्रदेशमा मंगलबार बिहान १६ कोरोना संक्रमित थपिए। कास्कीको पोखरा महानगरका २ जना सहित तनहुँका ३ जना र लमजुङका ११ जना गरी थप १६ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा फेवासिटी हस्पिटलबाट नमुना संकलन भएका १ पुरुष तथा १ महिला, तनहुँ ऋषिङ १ का ३ पुरुष, लमजुङ दोर्दीका ४ का १ पुरुष, ६ का १ पुरुष तथा २ महिला, क्लोहसोथार ४ का १ पुरुष र ठेगाना नखुलेका ६ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यसपछि, दोस्रो विज्ञप्तिमा पोखराका ३६ सहित गण्डकी प्रदेशका ५ जिल्लामा थप ४२ जनाका कोरोना संक्रमण देखिएको जानकारी दिइयो ।

पोखराको न्यूरोड स्थित लाईफ केयर डाईग्नोष्टिक एण्ड रिसर्ज प्रालिमा गरिएको परीक्षणमा ४२ जनाका कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेमा पोखरा महानगरपालिकाकाका ३६ सहित गण्डकीका बागलुङ, तनहुँ, गोरखा र स्याङजा जिल्लाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं १ का एक महिला दुई पुरुष, वडा नं २ का एक पुरुष र एक महिला, वडा नं ४ का एक पुरुष र एक महिला, वडा नं ५ का एक पुरुष, वडा नं ६ का एक पुरुष एक महिला, वडा नं ७ का एक पुरुष, वडा नं ८ का तीन पुरुष, वडा नं ९ का एक पुरुष, वडा नं ११ का दुई पुरुष एक महिला, वडा नं १२ का एक पुरुष, वडा नं १३ का एक पुरुष, वडा नं १४ का एक महिला, वडा नं १५ का दुई पुरुष, वडा नं १६ का एक महिला एक पुरुष, वडा नं १७ का ६ पुरुष एक महिला, वडा नं २२ का एक पुरुष वडा नं २६ का एक पुरुष, वडा नखुलेका एक पुरुष रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं २ का एक पुरुष, तनहुँ व्यास नगरपालिका वडा नं १ का एक पुरुष, वडा नं ११ का एक पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १३ का एक महिला, पर्वत जिल्ला मोदी गाउँपालिका वडा नखुलेका एक पुरुष, स्याङजा पुतलीबजार नगरपालिका वडा नं १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तेस्रो विज्ञप्ति अनुसार पोखराका १० जना, चौथो विज्ञप्ति अनुसार पोखराका २० जना र पाँचौ विज्ञप्ति अनुसार पोखराका ७ र मादीका १ जना गरी कास्कीका ८ जना थप भए ।

तीन विज्ञप्तिमा गोरखाका ११, स्याङजाका ७ , पर्वतका ३, नवलपुरका ८ तथा लमजुङ र बाग्लुङका १ (१ जना गरी ६९ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ४ की १ महिला, ५ का १ पुरुष तथा ३ महिला , ७ का १ पुरुष , ८ का १ पुरुष तथा १ महिला , ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष, १२ का २ पुरुष तथा १ महिला, १३ का ३ पुरुष तथा १ महिला, १४ का ३ पुरुष, १५ का २ पुरुष , १६ का १ पुरुष, १७ का २ पुरुष, १८ का ४ पुरुष तथा २ महिला, २६ की १ महिला, ३० का १ पुरुष, ३१ की १महिला, वडा नखुलेका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै, स्याङजा हरिनास ४ की १ महिला , बिरुवाका १ पुरुष, वालिङका २ पुरुष तथा ३ महिला, पर्वत महाशिलाका ३ पुरुष, बागलुङको बागलुङ नगरपालिकाका ३ का १ पुरुष , लमजुङ बेसीसहर का १ पुरुष, गोरखाको गोरखा नगरपालिकाका ७ पुरुष तथा ४ महिला, नवलपुर विनयत्रिबेणी १ पुरुष तथा २ महिला र कावासोती ८ का ५ पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ