पोखरामा कोरोनाका कारण पुरुषको निधन, गण्डकीमा बिहानै दुई मृत्यु पुष्टि

पोखरामा कोरोनाका कारण पुरुषको निधन, गण्डकीमा बिहानै दुई मृत्यु पुष्टि

death body corona

गण्डकी प्रदेशमा  कोरोनाबाट थप दुई  पुरुषको मृत्यु भएको छ ।

म्याग्दी धौलागिरी गाउँपालिका घर भएका ८५ वर्षीय पुरुषको कोरोनाका कारण पोखरामा मृत्यु भएको छ ।असोज २९ गते कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका उनको कात्तिक ४ गते उपचारका क्रममा मृत्यु भएको हो ।

नवलपुर गैंडाकोट-७ का ५० बर्षीय पुरुषको मिति मंगलबार बिहान ९:५६ बजे चितवन मेडिकल कलेज चितवनको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको निर्देशक डा. शर्माले जानकारी बताउनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ