लेक हाउस पोखराले दशै तिहारमा ल्यायो ‘बी थ्री’ अफर

लेक हाउस पोखराले दशै तिहारमा ल्यायो ‘बी थ्री’ अफर

received_384692492902639

पोखरा । फेवाताल सँगै जोडिएको र आकर्षक डिजाइन भएकोले पछिल्लो समय निकै लोकप्रियता कमाएको पोखराको लेक हाउसले दशै तिहारको अवसर पारेर ‘बी थ्री’ अफर घोषणा गरेको छ।

कपल अफर अन्तर्गत जोडिले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ४ हजारमा उपलब्ध भएको लेक हाउसका सन्चालक सुजन जोशी बताउँछन्। थ्री बि अर्थात बोट, बेड र ब्रेकफास्ट रहेको उक्त प्याकेज अन्तर्गत लेकसाइड देखि लेक हाउस सम्मको दुइतर्फी डुङ्गाको यात्रा, कोठा र दुइजनाकोलागी ब्रेकफास्ट समेटीने जोशीको भनाइ छ।

लेकसाइडको पारीपट्टी अनदु गाउँमा रहेको लेक हाउसबाट फेवाताल सँगै पोखरा लेकसाइडको रमाइलो दृश्य र सुर्योदयको अद्भुत दृश्यपान गर्न पाइने जोशीले बताए। माछाका परिकारको लागि पनि लेक हाउस प्रसिद्ध छ ।

द लेक हाउस पोखराले ५ बर्ष देखी होटल तथा रेस्टुरेन्टको सेवा सहित लेक हाउसको संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ