तनहुँको व्यास नगरपालिकाको ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

तनहुँको व्यास नगरपालिकाको ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

gandaki-medical-college

तनहुँ । तनहुँका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास-१ का ६८ वर्षीय महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कार्तिक ५ गते बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसंगै तनहुँमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ