पोखरामा होम आइसोलेसन बसेका संक्रमितको अस्पताल लैजाँदै गर्दा मृत्यु

पोखरामा होम आइसोलेसन बसेका संक्रमितको अस्पताल लैजाँदै गर्दा मृत्यु

corona death

पोखरामा होम आइसोलेसनमा बसेका १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १२ का ६७ वर्षे पुरुषको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका १८, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds