देवघाट र शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

देवघाट र शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

तनहुँ । तनहुँमा २ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको देवघाट गाउँपालिकाका १ जना र शुक्लागण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको हो ।

देवघाट-५ का २८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

दुबै जना चितवन मेडिकलको फिभर क्लिनिकबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ