व्यास नगरपालिका र सनराईज बैंकका कर्मचारीसहित ५ जना कोरोना संक्रमित थपिए

व्यास नगरपालिका र सनराईज बैंकका कर्मचारीसहित ५ जना कोरोना संक्रमित थपिए

Vyas Nagarpalika

तनहुँ । तनहुँमा ५ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको व्यास नगरपालिकामा ४ जना र भिमाद नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-३ का ३८ र ३९ वर्षीय पुरुष, व्यास-१ का ४४ वर्षीय पुरुष र व्यास-९ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भिमाद-६ का १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशलयले जनाएको छ ।

व्यास-३ का ३८ वर्षीय पुरुष सनराईज बैंक र ३९ वर्षीय पुरुष व्यास नगरपालिकामा कार्यरत कर्मचारी हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds