प्रहरीसहित तनहुँका ११ जनामा कोरोना संक्रमण पुष्टि

प्रहरीसहित तनहुँका ११ जनामा कोरोना संक्रमण पुष्टि

Police Corona

तनहुँ । तनहुँमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा १ जना, भानु नगरपालिकामा १ जना, नेपाल प्रहरीमा कार्यरत १ जना, ऋषिङ गाउँपालिकामा ३ जना, व्यास नगरपालिकामा जना ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आँबुखैरेनी-३ का २९ वर्षीय पुरुष, भानु-१० का ४१ वर्षीय पुरुष, नेपाल प्रहरीमा कार्यरत २३ वर्षीय पुरुष, ऋषिङ-१ का २६, ३७ र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै व्यास-४ का २६ वर्षीय पुरुष, व्यास-९ का ६२ वर्षीय पुरुष, व्यास-२ का ६० वर्षीय पुरुष र व्यास-२ कै ३७ वर्षिया महिला र ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds