तनहुँ । तनहुँमा २६ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको देवघाट गाउँपालिकामा १ जना, व्यास नगरपालिकामा १० जना, आबुँखैरेनी गाउँपालिकामा १ जना, शुक्लागण्डकी नगरपालिकामा १० जना, भानु नगरपालिकामा १ जना र भिमाद नगरपालिकामा ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
देवघाट-५ का ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै व्यास-१ का ३४ वर्षीय पुरुष र ५१ वर्षीया महिला, व्यास-२ का ५१, २९,२३ वर्षीय र २८, ३७ वर्षीया महिला, व्यास-३ का ३० वर्षीय पुरुष, व्यास-४ का ३६ वर्षीय पुरुष र व्यास-५ का ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
आबुँखैरेनी-९ का ४३ वर्षीय पुरुष र भानु-७ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
यसैगरी भिमाद-४ का ६४, १८ वर्षीय पुरुष र भिमाद-६ का ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै शुक्लागण्डकी-६ का २४, ४७ वर्षीय पुरुष, शुक्लागण्डकी-३ का २६ वर्षीय पुरुष, शुक्लागण्डकी-४ का ४२ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का २३ वर्षीय पुरुष, शुक्लागण्डकी-९ का २२ वर्षीय पुरुष, शुक्लागण्डकी-२ का २८ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको २५, ३६ वर्षीय पुरुष र ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तनहुँमा एकैपटकमा पुनः सोमबार ठुलो संख्यामा कोरोना संक्रमित थपिएको हो ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन