आँचल, सुलेमान र सागर अभिनित ‘अष्ट्रेलिया जाउली माया’ सार्वजनिक ( भिडियो )

आँचल, सुलेमान र सागर अभिनित ‘अष्ट्रेलिया जाउली माया’ सार्वजनिक ( भिडियो )

Screen Shot (7)

काठमाडौं–  कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

डान्सिङ बिटको यस गीतमा स्वर गायक दिल विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ।
तिलक बस्नेतले संगीतवद्द गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर (इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् । विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो ।

भिडियोले दर्शक , स्रोता तथा मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ