गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, कूल संक्रमित ६८३२ पुगे

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, कूल संक्रमित ६८३२ पुगे

Gandaki covid corona 5

पोखरा – गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय द्वारा जारी दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला नवलपुर, तनहुँ र गोरखाका थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिका -१५ का ५८ वर्षीय पुरुष, गैंडाकोट -१ का २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, गैंडाकोट -५ का २० वर्षीय पुरुष र गैंडाकोट – १० का ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै  चितवन मेडिकल कलेज चिवतनमा गरिएको परीक्षणमा नवलपुर देवचुली नगरपालिका वडा नं – ११ का ५० वर्षीय पुरुष, वडा नं -१७ का १९, ७३ ४२ वर्षीया महिला, वडा नं -१६ का १६,५२, ३४ वर्षीय पुरुष,  वडा नं -१३ का ३५ वर्षीया महिला र वडा नं १४ का ५९ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै कावासोती नगरपालिका -१३ र ८ का क्रमसः २९ र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यता गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका -४ का ३१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

संक्रमित सबै सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार ८ सय ३२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds