तनहुँमा ८ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकामा मात्रै ५ जना

तनहुँमा ८ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकामा मात्रै ५ जना

Corona Positive

तनहुँ । तनहुँमा ८ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको व्यास नगरपालिकामा ५ जना र ठेगाना नखुलेको ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

व्यास-१ का ४९ वर्षीय पुरुष, व्यास-४ की ५७ वर्षीया महिला र ६१ वर्षीय पुरुष, व्यास-३ का ६९ वर्षीय पुरुष र ४४ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

ठेगाना नखुलेको ३५, ४० वर्षीय पुरुष र ५० वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ