मुस्ताङमा दशैं तिहारबीचको यो समय आन्तरिक पर्यटकले भिड लाग्ने गर्दथ्यो । बाइकमा अपर मुस्ताङ पुग्ने युवा जमातको रहरलाई यो पटक कोरोना तगारो बनिदिएको छ । वर्षेनी हजारौं संख्यामा आन्तरिक पर्यटकले जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङको व्यापार व्यवसाय पनि राम्रो चलेको थियो । कोरोना कहरले उनीहरुलाई पनि नोक्सान भएको छ ।
मुस्ताङको जोमसोम बजार बिहीबारदेखि एक हप्ताका लागि पूरै सिल गरिएको छ । घरपझोङ गाउपालिका—४ गाउँ मुखिया रामप्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाउँ समाजको आकस्मिक बैठकले कोरोना रोकथामका लागि जोमसोम बजार सिल गर्ने निर्णय गरेको हो । कात्तिक १९ गतेसम्मका लागि सिल भएको छ ।
जोमसोम बजारका स्थानीय तथा सर्वसाधारण व्यक्ति अन्य वडा र जिल्ला बाहिरिन नपाइने र मुस्ताङका अन्य गाउँपालिका तथा घरपझोङका अन्य वडा र बाह्य जिल्लाबाट आउने व्यक्ति जोमसोम बजार प्रवेश गर्न पाइँदैन ।
जोमसोम बजारबाट लामो तथा छोटो दुरीको सार्वजनिक तथा निजी सवारी साधनमा आउजाउमा रोक लगाएको छ । पालिका भित्र सञ्चालनमा रहेका सबै विद्यालय पनि बन्द रहेका छन् ।
गाउँपालिकाले मुस्ताङमा समुदायस्तरमा पहिलो पटक कोरोना पोजेटिभ संक्रमित भेटिएकाले यो निर्णय गर्नुपरेको बताइन्छ ।
गत वर्षहरुमा यस्तो भिड लाग्दथ्यो:



सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ