कास्कीका ३ सहित गण्डकीमा आज ५ जनाको मृत्यु पुष्टि, मृतक संख्या ८० पुग्यो

कास्कीका ३ सहित गण्डकीमा आज ५ जनाको मृत्यु पुष्टि, मृतक संख्या ८० पुग्यो

deathh corona

File Photo

कोभिड १९ बाट गण्डकी प्रदेशमा आजै ५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका २ जना, कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ जना र नवलपुरका २ जनाको मृत्यु पुष्टि गरेको हो ।

पछिल्लो पटक पोखरा–१७ एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत उनको आइतबार बिहान ११ ः ५५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् ।

गत कार्तिक ११ गते कोभिड–१९ को संक्रमण पुष्टि भई उपचार केन्द्रको आइसियूमा भर्ना भएका पोखरा–१७ का ६० वर्षिय ति पुरुषमा कोभिड–१९ सहित निमोनिया, मधुमेह लगायतका समस्या रहेको अस्पतालले जनाएको छ । कोरोनाबाट सो उपचार केन्द्रमा उनीसहित २५ जनाको मृत्यु भएको छ ।

यसअघि, कोरोना संक्रमणका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

गत कार्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालको आइसियुमा भर्ना भएका अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा शनिवार राती ११ः३० बजे मृत्यु भएको अस्पतालका निर्देशंक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

यस्तै, पोखरा महानगरपालिका ९ का ६२ बर्षिया महिलाको समेत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा शनिबार नै दुखद निधन भएको आइतबार पुष्टि गरिएको छ ।

यसैगरी, नवलपरासी (ब.सु.पु.) जिल्ला, कावासोती ६ का ६७ बर्षिय पुरुष र सोहि जिल्ला गैडाकोट २ का ७७ बर्षिया महिलाको होम आइसोलेशनमा शनिबार मृत्यु भएको र उनीहरुको परिवारले नै अन्त्येष्टि गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds