कास्कीका ६० सहित गण्डकीमा ९९ जना संक्रमित थपिए

कास्कीका ६० सहित गण्डकीमा ९९ जना संक्रमित थपिए

pokhara corona update

पाेखरा । कास्कीका ६० जनासहित गण्डकीमा ९९ जना काेराेना संक्रमित थप भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार (आज) अहिलेसम्म ३ वटा विज्ञप्ति जारी गर्दै प्रदेशमा ९९ जना थप भएकाे र कूल संक्रमित ७ हजार ८ सय ३९ जना पुगेकाे जनाएकाे हाे ।

पहिलाे विज्ञप्तिमा कास्कीका ४० जनासहित कूल ४६ जना प्रदेशमा थपिए ।

दाेस्राे विज्ञप्तिमा कास्कीका १० सहित ४२ जना र तेस्राे विज्ञप्तिमा कास्कीका १० सहित ११ जना थप भएका हुन् । कास्कीका ६० जनामा १ जनामात्र अन्नपूर्ण गाउँपालिकाका हुन्, ५९ जना पाेखरा महानगरपालिका क्षेत्रका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ