कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।
पोखरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन । “हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ”, उनले भनिन् । उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ श्ययाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ ।
उनले अक्सिजन पाइप जडानका लागि रु १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल रु नौ लाख गरी कूल रु १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिइन ।
प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अक्सिजनपाइप जडानले कोरोना सङ्क्रमितको उपचारमा सहज हुने बताए । उनले भने, “सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, उपचारका लागि आवश्यक पूर्वाधारको अभाव पनि उत्तिकै रहेको छ, कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका बिरामीको तत्काल उपचारका लागि अक्सिजन पाइपले निकै सहज हुनेछ ।” महानगरको सहयोगमा अहिले ७४ श्ययामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने पनि उनले बताएका छन् ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको छ । तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।रासस
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो