कोरोना संक्रमणबाट आज एकै दिन ५ पोखरेलीको मृत्यु पुष्टि

कोरोना संक्रमणबाट आज एकै दिन ५ पोखरेलीको मृत्यु पुष्टि

corona death

तस्वीरः गल्लीगल्ली डटकम

कोरोना संक्रमणका कारण आज मात्रै पोखरामा ५ जनाको ज्यान गएको पुष्टि गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा पोखरा-१३ का ५५ वर्षीय संक्रमित पुरुष  रहेका छन् । त्यस्तै, वडा ५ का ५९ वर्षीया संक्रमित महिला, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय संक्रमित पुरुष  रहेका छन् ।

यसैगरी, बागलुङका ६१ र ६६ वर्षीय पुरुष, तनहुँका ६६ वर्षीय पुरुष र नवलपरासीका ८० वर्षीय पुरुषको ज्यान गएको छ ।

यसअघि, आजै पोखरा ५ की ५९ वर्षीया महिलाको निधन पुष्टि भएको थियो । यससँगै आज प्रदेशमा ९ जनाको मृत्यु भएको छ ।

हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको कूल संख्या ८८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ