पोखराका १८ जना सहित गण्डकीमा २८ कोरोना संक्रमित थपिए

पोखराका १८ जना सहित गण्डकीमा २८ कोरोना संक्रमित थपिए

Corona Girl

पोखरा महानगरका १८ सहित गण्डकी प्रदेशमा मंगलवार २८ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका १८ सहित नवलपुरका ६, तनहुँका २, स्याङजा र गोरखाका १–१ जना गरी गण्डकीमा २८ जना कोरोना संक्रमित थपिएका हुन् ।

कोरोन संक्रमित हुनेहरुमा पोखरा महाननगर वडा नं ३ का १ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष तथा १ महिला, ८ की १ महिला, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष, १४ का ४ पुरुष तथा १ महिला, १७ का १ पुरुष, २० का १ पुरुष र वडा नखुलेका १ पुरुष रहेका छन् ।

त्यसैगरी स्याङजाकी पालिका नखुलेकी १ महिला, गोरखा आरुघाट ४ का १ पुरुष, तनहुँ व्यास ५ का १ पुरुष, भिमाद ५ का १ पुरुष, नवलपुर कावासोती १० का १ दिनका बालक, गैडाकोट २ की १ महिला, ६ का २ पुरुष, ८ का १ पुरुष र १२ का १ पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ८८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ