पोखरामा मध्यान्हमै थपिए ११२ कोरोना संक्रमित, अन्नपूर्णमा ३ जना, गण्डकीमा १९३ थप

पोखरामा मध्यान्हमै थपिए ११२ कोरोना संक्रमित, अन्नपूर्णमा ३ जना, गण्डकीमा १९३ थप

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

पोखरामा अहिले मध्यान्हसम्ममा नै १ सय १२ जना कोरोना संक्रमित थप भएका छन् । अन्नपूर्ण गाउँपालिकाका ३ जना सहित कास्कीमा ११५ जना थपिए । गण्डकी प्रदेशमा आज विहीबार अहिलेसम्म १९३ जना थप भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अहिलेसम्म ४ वटा विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो । पछिल्लो चौथो विज्ञप्ति अनुसार पोखरा महानगरमा बिहीबार दिउँसो १५ जना कोरोना संक्रमित थपिए । पोखरा महानगरका ११ वटा वडा र वडा नखुलेका १ गरी १५ जना कोरोना संक्रमित थपिएका हुन् । कोरोना संक्रमित भएका हरुमा वडा नं २ का १ पुरुष, ४ का २ पुरुष ५ का १ पुरुष, ६ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष , ११ का २ महिला, १२ की १ महिला, १४ की १ महिला, १५ का १ पुरुष, २७ की १ महिला, ३३ का १ पुरुष तथा वडा नखुलेका १ पुरुष रहेका छन् ।

  

तेस्रो विज्ञप्ति अनुसार कास्कीमा थप ४७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्ती अनुसार पोखराका ४४ र अन्नपूर्ण गाउँपालिकाका तीन गरि कास्कीमा ४७ संक्रमित थपिएका हुन् ।

दोेस्रो विज्ञप्तिमा कास्कीका ४७ र स्याङ्जाका १ गरी ४८ थप भएका छन् ।

पहिलो विज्ञप्तिमा पोखराका ६ सहित गण्डकीमा ५७ संक्रमित थपिए स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार महानगरका वडा नं ११ मा दुइ , ५ र १० मा एक एक जना संक्रमित थपिएका छन् भने अन्य दुइ जना संक्रमितको वडा खुलाइएको छैन ।

यस्तै, बाग्लुङ १ जना, पर्वत २ जना, स्याङजा १ जना र नवलपरासी पूर्वमा ४७ जना थपिएका छन् । थपिएका सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणमा संक्रमण देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५७ पुगेको छ । तीमध्ये ४ हजार ६ सय ५७ जना निको भएका छन् भने ९३ को मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds