तनहुँमा १३ कोरोना संक्रमित थपिए, गण्डकीमा २१९ थप

तनहुँमा १३ कोरोना संक्रमित थपिए, गण्डकीमा २१९ थप

covid-19-corona

तनहुँ । तनहुँमा बिहिबार दिउँसोसम्म १३ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ११ जना, आँबुखैरेनी गाउँपालिकामा १ जना र भानु नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्लागण्डकीको वडा नखुलेको ५५, ३४, ५४ वर्षिया महिला र ५१, ४२, २४, ३५, २८, २५, २१ र ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै आँबुखैरेनी-३ का ४७ वर्षीय पुरुष र भानु-६ का ७३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

यस्तै स्वास्थ्य निर्देशनालयको तेस्रो विज्ञप्तीमा कास्कीको ४७ जना, बाग्लुङको १ जना, लम्जुङको २ जना, तनहुँको ११ जना र पर्वतको १२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै निर्देशनालयको पाँचौ विज्ञप्तीमा गोरखाका ४ जना, तनहुँका २ जना, नवलपरासी पूर्वका २० जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा आज २१९ जना कोरोना संक्रमित थपिएको छ ।

 

,

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds