पोखरामा फेरि ४६ कोरोना संक्रमित थपिए, आज मध्यान्हसम्म ८२ थप

पोखरामा फेरि ४६ कोरोना संक्रमित थपिए, आज मध्यान्हसम्म ८२ थप

pokhara

पोखरा महानगरका ४६ सहित गण्डकी प्रदेशमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान दोस्रो चरणमा पोखरा महानगरका ४६ सहित पर्वतका १, स्याङजाका २ र तनहुँका ३ गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि, आजै बिहान पोखराका ३६ सहित गण्डकीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान १२ बजे अघि पोखराका ८२ सहित प्रदेशमा थप ९३ जनामा कोरोना पुष्टि भएको छ । कास्कीको मादी र रुपाका १-१ जनासहित कास्कीमा ८४ जना आज थपिइसकेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ३६ पुगेको छन् ।

निर्देशनालयका अनुसार दोस्रो चरणमा संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगर वडा नं १ का १ पुरुष तथा १ महिला, २ का १ पुरुष, ३ की १ महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, ७ की १ महिला, ८ का ३ पुरुष तथा ४ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का २ महिला, ११ का १ महिला रहेका छन् ।

त्यसैगरी, पोखरा वडा नं १२ का २ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १५ का २ पुरुष तथा १ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ५ पुरुष तथा ४ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष, २२ का १ पुरुष, ३० का १ पुरुष तथा २ महिला, स्याङजा वालिङ ३ का १ पुरुष, वडा नखुलेका १ पुरुष, पर्वत कोदी २ का १ पुरुष, तनहुँ पालिका नखुलेका १ पुरुष तथा १ महिला, भिमाद १० का १ पुरुष रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds