गण्डकी प्रदेशमा कोरोनाबाट मृतकको संख्या ठ्याक्कै १००

गण्डकी प्रदेशमा कोरोनाबाट मृतकको संख्या ठ्याक्कै १००

corona death 134

प्रतिकात्मक तस्बिर

पोखरामा ३ सहित गण्डकी प्रदेशमा आज थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखराका ३० दिने नाबालक समेत रहेका छन् । बाग्लुङका २९ वर्षीय युवकको पनि मृत्यु भएको छ । निमोनिया भएपछि ज्यान बच्न नसकेको हो ।

३० दिनका बालकको आज बिहान सवा ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । ती बालक पोखरा महानगरपालिकाको भनिए पनि वडा खुलाइएको छैन ।

पोखरा महानगरपालिका वडा नम्बर १० का १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । सो वडाका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पोखरा १७ का १ जनाको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान ९ बजे ज्यान गएको हो । उनलाई कार्तिक १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङका १ जनाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको बिहीबार राति ८ बजेर ५० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ठ्याक्कै १ सय पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds