तनहुँमा १५ जना कोरोना संक्रमित थपिए

तनहुँमा १५ जना कोरोना संक्रमित थपिए

Corona update 3

तनहुँ । तनहुँमा १५ जना कोरोना संक्रमित थपिएको छ ।

शनिबार जिल्लाको बन्दिपुर गाउँपालिकामा २ जना, व्यास नगरपालिमा ४ जना, म्याग्दे गाउँपालिकामा २ जना र पालिका र वडा नखुलेको ७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बन्दिपुरको वडा नखुलेको २५ र २६ वर्षीय पुरुष, व्यास-१ की ६७, ५१ वर्षीया महिला र ७० वर्षीय पुरुष, व्यास-४ की १९ वर्षिया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै म्याग्दे-४ की ६१ वर्षीया महिला र २७ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पालिका र वडा नखुलेको ४०, ३४, २७, २६, ३१, ६६ र ६८ जना समेत कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds