पोखरामा कोरोनाले २९ वर्षीया युवतीको मृत्यु, नवलपुरका एकसहित गण्डकीमा कूल १०२ जनाको मृत्यु

पोखरामा कोरोनाले २९ वर्षीया युवतीको मृत्यु, नवलपुरका एकसहित गण्डकीमा कूल १०२ जनाको मृत्यु

charak hospital New

पोखरामा आज पनि कोरोना संक्रमणका कारण २९ वर्षीया युवतीको ज्यान गएको छ । पोखरा वडा नं. १७ की युवतीको शुक्रबार उपचारकै क्रममा दिउँसो २ः२३ बजे चरक मेमोरियाल अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको हो । उनको कार्तिक १६ गते संक्रमण पुष्टि भएको थियो ।

हिजो मात्रै बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ९ का २९ वर्षकै युवकको पनि ज्यान गएको थियो । उनमा पनि कुनै दीर्घ रोग थिएन । कोरोना संक्रमण पुष्टि भएका युवकलाई निमोनिया भएको थियो भने आज युवतीको बारे भने केही खुलाइएको छैन ।

यस्तै, नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका १२ का ८२ वर्षीय संक्रमित पुरुषको पनि शुक्रकार २ बजे चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको छ । १८ गते संक्रमण पुष्टि भएका वृद्धमा आन्द्रासम्बन्धी समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाको कारण अहिलेसम्म प्रदेशमा १०२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds