पोखरा । कोभिड-१९ को महामारीमा पत्रकारहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै ‘अनलाइन पत्रकार संघ गण्डकी (ओजाग)’ ले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
पोखरा स्थित झण्डै दुई दर्जन अनलाइन मिडियाको कार्यालयमै पुगेर संघले स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको अध्यक्ष ढाकामोहन (गणेश) बरालले जानकारी दिए ।
संघले मंगलबार र बुधबार गरी २२ वटा सञ्चारगृहमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेको हो । ‘महामारी लम्बिँदो छ । दैनिक जीवनयापनका लागि काम गर्नुपर्ने बाध्यता छ । कोरोनासँग लड्दै दिनचर्या अघि बढाउनुपर्ने बाध्यकारी अवस्थामा थोरै भएपनि स्वास्थ्य सामाग्री उपलब्ध गराएर हामी सँगै छौं भन्ने भावना जागृत गराउन पनि यो कार्यक्रम गरेका हौं ।’ अध्यक्ष बरालले भने ।
बेलायतबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ति स्वास्थ्य सामाग्री खरिद गरिएको संघले जनाएको छ ।
मंगलबार मात्रै संघले पोखरामा एक समारोहका बीच यो कार्यक्रमको शुभारम्भका साथै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट आफ्नो संस्थागत वेबसाइट ‘ओजाग डट ओआरजी डट एनपी’ ‘www.ojag.org.np‘ लञ्च गरेको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो