अनलाइन मिडियालाई ‘ओजाग’ द्वारा स्वास्थ्य सामाग्री प्रदान

अनलाइन मिडियालाई ‘ओजाग’ द्वारा स्वास्थ्य सामाग्री प्रदान

ojag

गण्डकन्यूजका लागि सहसम्पादक अर्जुन थापालाई स्वास्थ्य सामाग्री प्रदान गर्दै ओजाग अध्यक्ष गणेश बराल

पोखरा । कोभिड-१९ को महामारीमा पत्रकारहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै ‘अनलाइन पत्रकार संघ गण्डकी (ओजाग)’ ले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा स्थित झण्डै दुई दर्जन अनलाइन मिडियाको कार्यालयमै पुगेर संघले स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको अध्यक्ष ढाकामोहन (गणेश) बरालले जानकारी दिए ।

संघले मंगलबार र बुधबार गरी २२ वटा सञ्चारगृहमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेको हो । ‘महामारी लम्बिँदो छ । दैनिक जीवनयापनका लागि काम गर्नुपर्ने बाध्यता छ । कोरोनासँग लड्दै दिनचर्या अघि बढाउनुपर्ने बाध्यकारी अवस्थामा थोरै भएपनि स्वास्थ्य सामाग्री उपलब्ध गराएर हामी सँगै छौं भन्ने भावना जागृत गराउन पनि यो कार्यक्रम गरेका हौं ।’ अध्यक्ष बरालले भने ।

बेलायतबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ति स्वास्थ्य सामाग्री खरिद गरिएको संघले जनाएको छ ।

मंगलबार मात्रै संघले पोखरामा एक समारोहका बीच यो कार्यक्रमको शुभारम्भका साथै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट आफ्नो संस्थागत वेबसाइट ‘ओजाग डट ओआरजी डट एनपी’ ‘www.ojag.org.np‘ लञ्च गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds