पोखराका ३ सहित कास्कीमा थप ७ जनामा कोरोना पुष्टि

पोखराका ३ सहित कास्कीमा थप ७ जनामा कोरोना पुष्टि

covid-19-corona

पोखरा – सोमबार कास्कीमा  थप ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबार पहिलो अद्यावधिक विज्ञप्ति अनुसार कास्कीमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नखुलेको २४ र २५ वर्षीया महिला सहित ५१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कास्कीको रुपा गाउँपालिकाका वडा नखुलेका ६२, ६५ र ७२ वर्षका महिला सहित ६२ वर्षीय १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमित कूल संख्या १० हजार ४ सय ९७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds