पोखरा आउँदै गरेको बसको ढोकाबाट खसेर किशोर घाइते

पोखरा आउँदै गरेको बसको ढोकाबाट खसेर किशोर घाइते

accidentt

पोखरा – तनहुँमा बसको ढोकाबाट खसेर एक किशोर घाइते भएका छन् ।

घाइते हुनेमा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका -७ बस्ने १६ वर्षीय सोनम थापा रहेको प्रहरीले जनाएको छ ।

पृथ्बीराजमार्ग अन्तर्गत गोरखाबाट पोखरा तर्फ आइरहेको ना ५ ख ४६७ नम्वरको बसले मान्छे ओराल्ने क्रममा बस नरोकी हिंडालेपछि बसको ढोकाबाट खसेर किशोर घाइते भएका हुन् ।

घाइते किशोरलाई तत्काल थर्पुस्थित म्याग्दे पोलीक्लिनिकमा सामान्य उपचार पश्चात पोखरास्थित मेट्रोसिटि अस्पताल रिफर गरिएको छ ।

घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाएको जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds