काठमाडौं । भारतको दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने बताएको छ ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताए । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उनको भनाइ छ ।
केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए ।
केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए ।
साथै दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरे ।
दिल्लीमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ । बुधबार मात्र दिल्लीमा सात हजार ४८६ नयाँ संक्रमित फेला परेका छन् ।
यससँगै दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । त्यस्तै बुधबार मात्र दिल्लीमा कोरोनाबाट १३१ जनाको मृत्यु भएको थियो ।
दिल्लीमा एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
स्रोत : भारतीय सञ्चारमाध्यमहरु
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन