कोरोना कहर: तनहुँकाे आँदिमुलमा यसवर्ष एकादशी मेला नलाग्ने

कोरोना कहर: तनहुँकाे आँदिमुलमा यसवर्ष एकादशी मेला नलाग्ने

Aadimul 1

तनहुँकाे आँदिमुलमा लागेको एकादशी मेला । File Photo

तनहुँ । तनहुँकाे आँदिमुल (आँदिबराही) मन्दिरमा यस वर्ष ठूलाे एकादशीका दिन मेला नलाग्ने भएकाे छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा रहेकाे आदिमुलमा हरेक ठूलाे एकादशीका दिन हजाराैंकाे संख्यामा भक्तजन र मेला भर्नेकाे भिड लाग्ने गर्दछ ।

तर यसपटक काेराेना भाईरसकाे त्रास रहेको हुँदा मेलाकाे आयाेजना गर्न राेक लगाईएकाे आँबुखैरेनी-१ का वडाअध्यक्ष किसन थापाले जानकारी दिए ।

गण्डकी प्रदेश अन्तरगतकाे तनहुँकाे १० वटा पर्यटकीय क्षेत्रमा पर्न सफल यस मन्दिरमा ठूलाे एकादशीका दिन टाढा-टाढाबाट बाजागाजा सहित फूलकाे डाेली भित्र्याउने चलन छ ।

तर यस वर्ष भने डाेली ल्याउँदा जति सक्दाे थाेरै आउन र भाैतिक दुरि कायम गरि सहभागी हुन अनुराेध गरिएको आँदिमुल मन्दिर संरक्षण समितिका अध्यक्ष पदमराज अधिकारीले बताए ।

आदिमुलका ठुलो एकादशीका दिन हरेकवर्ष ठुलो संख्यामा फूलको डोली लिएर आउने भक्तजनको संख्या उल्लेख्य हुने गरेको छ । आदिमुललाई जिल्लाको प्रसिद्ध धार्मिक स्थलको रुपमा चिनिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ