तनहुँको म्याग्दे गाउँपालिकाका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

तनहुँको म्याग्दे गाउँपालिकाका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

corona death

File Photo.

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनको शुक्रबार बिहान ९:३० बजे उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनमा गत मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ