भिमादका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु

भिमादका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु

deathh corona

File Photo

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ५ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनको शुक्रबार दिउँसो २:२० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनमा गत कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संगै निमोनिया, हाइपरटेन्सन, लगाएतको समस्या रहेको थियो ।

योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ