तनहुँका २४ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका २४ जनामा कोरोना संक्रमण पुष्टि

COVID19

तनहुँ । तनहुँमा २४ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको व्यास नगरपालिकामा ८ जना, भिमाद नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा ७ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना र फेवासिटी अस्पतालमा उपचाररत १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१ की ४९, २१ वर्षीया महिला र २०, ५२ वर्षीय पुरुष, व्यास-२ की ६३ वर्षीया महिला, व्यास-४ का ३७ वर्षीय पुरुष, व्यास-८ का ६६ वर्षीय पुरुष र व्यास-९ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै भिमाद-४ का १९ वर्षीय पुरुष, भिमाद-५ की २९ वर्षीया महिला, भिमाद-६ की ४९ वर्षीया महिला, भिमाद-७ की १९, ३५ वर्षीया महिला र ५१, ३८ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।

यस्तै घिरिङ-१ की २१, ६५ वर्षीया महिला, ७१, ३५, ५६ वर्षीय पुरुष र घिरिङ-३ का ४०,५६ वर्षीय पुरुषमा संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ४१ वर्षीया महिलामा समेत संक्रमण भएको छ ।

त्यस्तै फेवासिटी अस्पताल पोखरामा उपचाररत २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ