पोखराका ४५ सहित गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए, गण्डकीमा कुल संख्या ११ हजार नाघ्यो

पोखराका ४५ सहित गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए, गण्डकीमा कुल संख्या ११ हजार नाघ्यो

Gandaki covid corona 3

पोखरा । पोखरामा ४५ सहित गण्डकी प्रदेशमा थप ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयको दोश्रो अद्यावधिक विवरण अनुसार गण्डकीका तीन जिल्ला कास्की, पर्वत र तनहुँका थप ४९ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गारिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका वडा नं १, ६, ७, ८, ९, ११, १२, १३, १५, १७, १९, २४, २६, २७, २९, ३१, ३२, ३३ का विभिन्न उमेर समुहका महिला पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै अन्नपुर्ण गाउँपालिका-४ का २५ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्वतको फलेबास नगरपालिकाको १ जना महिला र १ जना पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ६ जना पुगेको छ ।

तनहुँको व्यास नगरपालिकाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ