तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हाईस्कुलटारबाट १४ जुवाडे पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तास खेल्दै गरेका रेशम उचै, बिकास राना, एकराज शाही, केसर बहादुर खाण, रेशम सुनार, यम बहादुर मल्ल, खम बहादुर खान, देवन गुरुङ, गोपाल चन्द, बुद्ध सिंह थापा, मनोज खाण ठकुरी, केशर बहादुर शाही, सिद्ध बहादुर बंशी र नर बहादुर आले रहेका छन् ।
शनिबार बेलुकाको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं १ हाईस्कुलटार स्थितमा रेशम उचैले संचालन गरेको रेष्टुरेण्टबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
तास खेली रहेको गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक सबिता केसीको कमाण्डमा ७ जनाको टोली खटी गई तास, नगद तथा तास खेल्दा प्रयोग गरेका चिजवस्तुहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनिहरु खेलिरहेको स्थानबाटै तास सहित नेपालि नगद रु ७४ हजार ४४५ बरामद भएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै गत शुक्रबार दिउसो अन्दाजी ४ बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ५ ब्राईटचोक स्थितमा दिनेश कुमार श्रेष्ठले संचालन गर्दै आईरहेको सिम्रन खाजा घरबाट ५ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा याम बहादुर गरुङ, दिपक गुरुङ, बुद्दी बहादुर बिक, ढक बहादुर खान, दिनेश कुमार श्रेष्ठ रहेका छन् ।
हार जितको बाजी राखी जुवा तास खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक जगदिश रेग्मीको कमाण्डमा ५ जनाको खटी गएको टोलीले अबैध रुपमा तास खेलिरहेको उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट १ लाख ३४ हजार ३२० रुपैयाँसहित जुवा तास समेत बरामद गरी उनिहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई छुट्टा छुट्टै जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ