व्यासका ५ सहित तनहुँमा १३ जना कोरोना संक्रमित थपिए

व्यासका ५ सहित तनहुँमा १३ जना कोरोना संक्रमित थपिए

covid-19-corona

तनहुँ । तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकामा ५ जना, शुक्लागण्डकी नगरपालिकामा २ जना, भानु नगरपालिकामा १ जना, आबुँखैरेनी गाउँपालिकामा १ जना, म्याग्दे गाउँपालिकामा १ जना र पश्चिमाञ्चल कम्युनिटी अस्पतालमा उपचाररत ३ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

व्यास नगरपालिकाको वडा नखुलेको १८, ४४ वर्षीया महिला र २५, ४०, ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै शुक्लागण्डकी-८ की ३५ वर्षीया महिला र शुक्लागण्डकी-९ की ८३ वर्षीया महिलामा समेत संक्रमण पुष्टि भएको छ ।

भानु-६ का ४५ वर्षीय पुरुष, आँबुखैरेनी-३ का ५ वर्षीय बालक, म्याग्दे-१ का २९ वर्षीय पुरुषमा समेत संक्रमण भएको निदेशानालयले जनाएको छ ।

यस्तै पश्चिमाञ्चल कम्युनिटी अस्पतालमा उपचाररत ५२ वर्षीया महिला र २७, ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ