काठमाण्डौ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । मंसिर ३ गतेसम्म ७० रुपैयाँमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको डिलर मूल्य भने ७७.२० रुपैयाँ रहेको छ ।
कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनी प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो । उक्त मूल्य डिलरका लागि हो । विरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४.५० रुपैयाँ पर्ने कर्पोरेशनले जानकारी दिएको छ । आम उपभोक्ताले चिनी खरिद गर्नको लागि १५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
कर्पोरेशनले बिक्री गर्ने चिनीको प्याकेटमा २ केजीको हुने गरेको छ ।