मंगलबार पोखराका ८२ सहित गण्डकीमा थप १२४ जनामा कोरोना पुष्टि, १४८ जना डिस्चार्ज

मंगलबार पोखराका ८२ सहित गण्डकीमा थप १२४ जनामा कोरोना पुष्टि, १४८ जना डिस्चार्ज

IMG_5901

पोखरा – मंगलबार पोखराका ८२ सहित गण्डकीमा थप १२४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी तीनवटा विज्ञप्ति अनुसार गण्डकीका १ हजार २ सय ४ जनामा गरिएको परीक्षणमा थप १२४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमितहरु प्रदेशका ६ जिल्लाका छन् । जसअनुसार, कास्कीको पोखरा महानगरमा ८२ जना, तनहुँमा ११ जना, गोरखामा १७ जना, लमजुङमा ३ जना, नवलपुरमा ५ जना र स्याङ्गजा जिल्लाका ६ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएका १२४ संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ३ सय १४ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट १४८ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ६ हजार ५ सय ४६ पुगेको छ ।

गण्डकीमा पछिल्लो ७२ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छैन, तसर्थ गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ नै रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ