हरि बास्तोला (पोखरा) – गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिंदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ। उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्येक्षतर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका उपसभामुख समेत रहनु भएकी सिर्जना शर्माले आज एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभयो ।
सार्वजनिक योजना अनुसार सवै भन्दा बढी बजेट सडक पूर्वाधारका लागि बिभिन्न वडाका ९ योजनाका लागि ९० लाख छुट्याइएको प्रदेश सभा सदस्य कृष्ण थापाले जानकारी दिनुभयो ।
त्यस्तै कृषिमा प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिचाई कुलो र शिवमन्दिर देखि होट फुवारीबाटेका निर्माणका लागि २५। २५ लाख रुपैया छुट्याइएको छ ।
पोखरा महानगरपालिकाका पाँच वटा वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत पोखरा ७ घारीपाटनमा बाटो निर्माण १५ लाख , वडा नं. १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माण १५ लाख , पोखरा १७ डेमसाइड पार्क फेवाताल छेउ तारबार र फुडट्या १३ लाख, नमुना बाल केन्द्र भवन बाराही टोल १०,दामोदार कुना मार्ग १० लाख रुपैया विनियोजन गरिएको छ ।
सो कार्यक्रम अन्तर्गतको दुई करोड रुपैयाका बिभिन्न २५ वटा योजनामा विनियोजन रकम मध्ये पोखरा २१ संगमचोक, महवारी जाने बाटे ढलानमा १० लाख,प्राथमिक स्वास्थ्य चौकी पाँच लाख लगायत आपतकालीन तारजाली खरिदका लागि पाँच लाख विनियोजन गरिएको छ ।
सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्य थापाले घोषित कार्यक्रमहरु सफलताका लागि सम्वन्धीत स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्वद्ध सवैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
निर्वाचन क्षेत्रका सवै क्षेत्र वर्ग र समुदाय समेटने गरि योजना छनोट गरिएको बताउँदै उहाँले छनोट गरिएका योजना गुणस्तरीय एवम् तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
“निर्माचनका अवसरमा पार्टीको घोषणा पत्र अनुसार जनतासंग गरिएका प्रतिवद्धता अनुसार ७० प्रतिशत कार्य सम्पन्न भएको छ” उहाँले भन्नुभयो,“यस आर्थिक बर्षमा ३० प्रतिशत पुरा हुँन्छ ।”
कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीयले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरि बैशाखसम्ममा निर्माण सम्पन्न हुने गरि कामलाई तिब्रता दिइनु पर्ने आवश्यकता औल्याउनुभयो ।
नेकपा कास्कीका अध्यक्ष समेत रहनु भएको विकास निर्माणमा तीन तहका सरकार बीच सहकार्य र समन्वय आवश्यक रहने उहाँको भनाई छ ।
नेपाल कम्युष्टि पार्टी(नेकपा) कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिका अध्यक्ष दिपक पौडेल, पोखरा ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतले जनअपेक्षा अनुरुप विकास निर्माणका योजना अघि बढाइनु पर्ने आवश्यकता औल्याउनुभयो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह