काठमाण्डौ – उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले राजीनामा दिएका छन् ।
मंगलबार राती सामाजिक संजाल मार्फत महर्जनले उपभोक्ता संरक्षण परिषदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
विगत लामो समयदेखि उपभोक्ता अधिकारका पक्षमा सक्रिय महर्जनले कानुन कार्यान्वन गर भन्दा राजीनामा माग्ने जस्तो प्रवृत्ति हावी हुँदै गएकाले आफुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन् : “सरकारी पदमा बसी अनुचित व्यापारिक क्रियाकलाप गर्न हुने, परिषद्को सदस्यको नाताले सरकारको ध्यानाकर्षण गर्न नपाउने ! सरकारी पदमा बसी गैरकानुनी कार्य गर्न पाउने, उपभोक्ता हितमा आवाज उठाउँदा सरकारको बिरोध गरेको ठान्ने, कानून कार्यान्वयन गर भन्दा राजिनामा माग्ने, मेरो आस्था र स्वाभिमानको साथै सरकारी पक्ष नै उपभोक्ता हित बिरोधि भएपछी मैले राजीनामा दिए ।”
उपभोक्ता अधिकारका पक्षमा लाग्दै आएका महर्जनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ साउन २६ गते संरक्षण परिषद्को सदस्यमा मनोनयन गरेको थियो ।
उपभोक्ता संरक्षण परिषदबाट मेरो राजीनामा !
सरकारी पदमा बसी अनुचित ब्यापारिक क्रियाकलाप गर्न हुने । परिषदको सदस्यको…
Posted by Prem Lal Maharjan on Tuesday, 24 November 2020
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन