पोखरा । कास्कीको मादी गाउँपालिकास्थित इदीखोलामा मोटरेबल पुल बन्ने भएको छ ।
उक्त पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार शिलान्यास गरेका छन ।
४ करोड ४२ लाखको लागतमा बन्ने पुल २०७८ साल साउन २१ गतेभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
सो पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिको उक्त पुल निर्माण गर्नेछ ।