पोखरा । पोखराका ३४ सहित गण्डकी प्रदेशमा १०० जनामा कोरोना संक्रमaण पुष्टि भएको छ ।
प्रदेशको ८ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीमा ५८ जना, बाग्लुङमा ८ जना, गोरखामा ३ जना, लमजुङमा २ जना, तनहुँमा ९ जना, स्याङजामा ५ जना, पर्वतमा ५ जना र नवलपरासी पुर्वमा १० जना कोरोना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।