तनहुँमा ९ जना कोरोना संक्रमित थपिए

तनहुँमा ९ जना कोरोना संक्रमित थपिए

Tanahun district Sthaniay Taha

तनहुँ । तनहुँमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको भिमाद नगरपालिकामा २ जना, शुक्लागण्डकी नगरपालिकामा २ जना, म्याग्दे गाउँपालिकामा १ जना, व्यास नगरपालिकामा २ जना र भानु नगरपालिकामा २ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

भिमाद-६ की ३६, ५४ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । त्यस्तै शुक्लागण्डकी-७ का ५०, २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै म्याग्दे-७ की ४७ वर्षीया महिलामा संक्रमण भएको छ ।

यस्तै व्यास-२ का ४४ वर्षीय पुरुष र व्यास-६ का ३१ वर्षीयमा समेत संक्रमण भएको छ । त्यसैगरी भानु-१० का ३२ वर्षीय पुरुष र भानु-८ का ५४ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ