पोखरा । कास्कीको मादी गाउँपालिकामा मोटरेबल पुल बन्ने भएको छ ।
मादी गाउँपालिकाको मकैखोला पुल बन्ने पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरेका छन ।
सो पुल थुम्सीकोट-भाचोक-कमादी सडकमा पर्छ ।अहिले उक्त पुलको निर्माण द्रुत गतिमा भईरहेकोे छ ।
आरसिसी टी बिम प्रविधिमा बन्ने पुलको लागत २ करोड ३२ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
उक्त पुलको लम्बाइ २५ दशमलव ६५ मिटर हुनेछ ।
गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको पुल २०७८ सालको साउन २१ गते निर्माण पूरा गर्ने सम्झौता भएको छ ।