पोखरा । कास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।