बुधबार कास्कीका ६७ सहित गण्डकीमा थप १६५ जनामा कोरोना पुष्टि, ४८ जना डिस्चार्ज

बुधबार कास्कीका ६७ सहित गण्डकीमा थप १६५ जनामा कोरोना पुष्टि, ४८ जना डिस्चार्ज

IMG_5909

पोखरा – बुधबार कास्कीका ६७ सहित गण्डकीमा थप १६५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी ६ वटा विज्ञप्ति अनुसार गण्डकीमा पछिल्लो २४ घन्टामा गरिएको ४०१ परीक्षण मध्ये थप १६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअनुसार कास्कीमा ६७ जना, तनहुँमा ११ जना, गोरखामा ३ जना, लमजुङमा २ जना, नवलपुरमा ६३ जना, स्याङ्गजामा ६ जना, पर्वतमा ५ जना र बाग्लुङका ८ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ४ सय ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ४८ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणलाई परास्त गर्दै घर फर्किनेको संख्या ६ हजार ५ सय ९४ पुगेको छ ।

कोरोना संक्रमणका कारण बुधबार पोखरा महानगरपालिका वडा नं -१० निवासी ७६ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका थप मृतक संगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४२ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु कुन – कुन जिल्ला र कुन वडाका ? – विस्तृतमा हेर्नुहोस् ।   

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ