जनजाति महासंघ तनहुँकी अध्यक्ष घर्तिसहित व्यास नगरपालिकाका ७ जनामा कोरोना संक्रमण

जनजाति महासंघ तनहुँकी अध्यक्ष घर्तिसहित व्यास नगरपालिकाका ७ जनामा कोरोना संक्रमण

Basundhara Gharti

तनहुँ । तनहुँमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको व्यास नगरपालिकामा ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१ की २० वर्षीया महिला र २५ वर्षीय पुरुष, व्यास-२ का ३० वर्षीय पुरुष, व्यास-३ की ३८ वर्षीया महिला, व्यास-४ की ३५ वर्षीया महिला, व्यास-७ का २९ वर्षीय पुरुष र व्यास-१० का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

बिहिबार थपिने नयाँ संक्रमितमा नेपाल आदिबासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तिसमेत हुन् । घर्ति व्यास-४ की वडा सदस्य पनि हुन् ।

सोमबार स्वाब संकलन गरिएको उनमा बिहिबार संक्रमण पुष्टि भएको हो । सुरक्षित रुपमा होम आइसोलेसनमा बसिरहेको घर्तिले बताईन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ