कोरोना संक्रमणका कारण पोखरा र लमजुङका दुई संक्रमितको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखरा र लमजुङका दुई संक्रमितको मृत्यु पुष्टि

corona death

पोखरा – कोरोना संक्रमणबाट बिहीबार थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशको दुई जिल्ला कास्की र लमजुङका कोरोना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१३ निवासी ६६ वर्षीय कोरोना संक्रमित वृद्धाको मृत्यु पुष्टि भएको हो । गत मङ्सिर ७ गते कोरोना पोजेटिभ देखिएर मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उक्त वृद्धाको उपचारकै क्रममा बुधबार राती ९:३० बजे मृत्यु भएको हो ।

यस्तै लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं -७ का ८७ वर्षीय कोरोना संक्रमित वृद्धाको पोखरा स्थित सेवा हस्पिटलमा मृत्यु भएको छ । गत मंगलबार कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना भएकी उक्त वृद्धाको उपचारकै क्रममा बुधबार दिउँसो २:३० बजे मृत्यु भएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले पुष्टि गरे ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ