बिहीबार कास्कीका ४३ सहित गण्डकीमा थप ७४ जनामा कोरोना पुष्टि, १४६ जना डिस्चार्ज

बिहीबार कास्कीका ४३ सहित गण्डकीमा थप ७४ जनामा कोरोना पुष्टि, १४६ जना डिस्चार्ज

127242699_113841717103033_6807242639564522372_n

पोखरा । बिहीबार कास्कीका ४३ सहित गण्डकीमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी ६ वटा विज्ञप्ति अनुसार गण्डकीका ६२४ जनामा गरिको पिसीआर परीक्षणमा ७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअनुसार कास्कीमा ४३ जना, तनहुँमा १३ जना, गोरखामा ६ जना, नवलपुरमा ६ जना, स्याङ्गजामा १ जना, पर्वतमा १ जना र बाग्लुङ जिल्लाका ४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ५ सय ५३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १४६ संक्रमित कोरोना मुक्त भएका छन् । आज मुक्त भएकासंगै गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ७ सय ४० पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट कास्कीको पोखरा र लमजुङको मध्यनेपालका थप दुई जनाको मृत्यु पुष्टि भएको छ।आज थपिएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४४ पुगेको निर्देशनालयका प्रमुख विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds