यसरी मृत्यु जिते अतितले (फोटो फिचर)

यसरी मृत्यु जिते अतितले (फोटो फिचर)

atit acc

भनिन्छ, दशा बाजा बजाएर आउँदैन । कोहि मृत्युको सम्मुख पुगेर पनि सकुशल फर्कन्छन् । एउटा मिनिट्रकका चालक अतित श्रेष्ठलाई मृत्युसँग साक्षात्कार गरेर फर्केको महसुस यति बेला भएको छ । पोखरा १० रामघाटका अतितलाई अर्को जुनी पाएको आभाष मिलेको छ । आफूले चलाएको ट्रक उत्तानो पर्दा समेत सिटमा उनी सकुशल रहे । कुनै चोट लागेन ।

पोखरा ५ धारापानी सिमानामार्गमा ढुङ्गा लोड गरिएको ग १ ख ४७३२ नम्बरको मिनीट्रक आज दिउँसो उकालो चढ्न नभ्याउँदै एक्कासी खस्यो । सडक मुनी १८ फिट तल घोप्टियो ।

पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले कहालीलाग्दो घटनाबारे सार्वजनिक गरेका छन्ः मान्छेहरुबीच कोलाहल फैलियो। स्थानियवासि के ..कहाँ.. ओहो.. के भयो ? भन्दै दुर्घटना आवाज आएतिर दौडे । गाडी बजारिएको ठाउँमै काम गर्दैरहेकी बालिका केही सेकेन्डमा उम्कन भ्याइछिन् । ट्रक भित्र कोहि छ ? वा जिउदै होलान ? भन्ने कल्पना बाहिरको कुरा थियो । तर त्यो डरलादो घटनामा गाडीको चालक सिटमा चेपिएका अतीत श्रेष्ठलाई झ्यालबाट सकुशल बाहिर निकालियो ।

वडाअध्यक्ष नेपालीले घटनाको स्मरण गरेका छन्ः ‘सयौंको स्वर थियो, कस्तो भाग्य ल्याएका रहेछौ । तिम्रो बाँच्ने लेखा रहेछ । काल नआए जसरी पनि बाँचिन्छ ।’

सबै तस्वीरहरु वडाअध्यक्ष धनबहादुर नेपालीमार्फत्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ