भनिन्छ, दशा बाजा बजाएर आउँदैन । कोहि मृत्युको सम्मुख पुगेर पनि सकुशल फर्कन्छन् । एउटा मिनिट्रकका चालक अतित श्रेष्ठलाई मृत्युसँग साक्षात्कार गरेर फर्केको महसुस यति बेला भएको छ । पोखरा १० रामघाटका अतितलाई अर्को जुनी पाएको आभाष मिलेको छ । आफूले चलाएको ट्रक उत्तानो पर्दा समेत सिटमा उनी सकुशल रहे । कुनै चोट लागेन ।
पोखरा ५ धारापानी सिमानामार्गमा ढुङ्गा लोड गरिएको ग १ ख ४७३२ नम्बरको मिनीट्रक आज दिउँसो उकालो चढ्न नभ्याउँदै एक्कासी खस्यो । सडक मुनी १८ फिट तल घोप्टियो ।
पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले कहालीलाग्दो घटनाबारे सार्वजनिक गरेका छन्ः मान्छेहरुबीच कोलाहल फैलियो। स्थानियवासि के ..कहाँ.. ओहो.. के भयो ? भन्दै दुर्घटना आवाज आएतिर दौडे । गाडी बजारिएको ठाउँमै काम गर्दैरहेकी बालिका केही सेकेन्डमा उम्कन भ्याइछिन् । ट्रक भित्र कोहि छ ? वा जिउदै होलान ? भन्ने कल्पना बाहिरको कुरा थियो । तर त्यो डरलादो घटनामा गाडीको चालक सिटमा चेपिएका अतीत श्रेष्ठलाई झ्यालबाट सकुशल बाहिर निकालियो ।
वडाअध्यक्ष नेपालीले घटनाको स्मरण गरेका छन्ः ‘सयौंको स्वर थियो, कस्तो भाग्य ल्याएका रहेछौ । तिम्रो बाँच्ने लेखा रहेछ । काल नआए जसरी पनि बाँचिन्छ ।’




सबै तस्वीरहरु वडाअध्यक्ष धनबहादुर नेपालीमार्फत्
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्